शिक्षामन्त्री महाविर पुनले पाँच सुधारात्मक निर्णय घोषणा

शिक्षामन्त्री महाविर पुनले विज्ञान, प्रविधि र शिक्षामा ठूला सुधारका पाँच निर्णय घोषणा गरेका छन्।

उनले नेपालमै क्यान्सर उपचारका लागि आवश्यक रेडियोधर्मी औषधि उत्पादन गर्न आणविक अनुसन्धान केन्द्र स्थापना प्रक्रिया अघि बढाउने बताएका छन्।

त्यस्तै, CTEVT पुनर्संरचना गरी यसलाई सक्षम जनशक्ति उत्पादन केन्द्रमा रूपान्तरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ।

नास्ट (NAST) मा पनि सुधार र पुनर्संरचना गर्न, प्रतिभाशाली नेपालीहरूलाई अनुसन्धानमा आकर्षित गर्ने तथा संस्थागत सुधारका लागि कार्यदल गठन गरिने भएको छ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा र अचल सम्पत्ति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

यस्तै, संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारीहरूलाई नियमानुसार तत्काल नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।

Read more

सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन जुट्यो सहमति

sushila karki

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेको पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने अन्तिम तयारी भएको छ । विहिबार दिनभर छलफल पछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाएर अघि बढ्ने सहमति भएको हो