जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ

काठमाडौं ।
जेनजी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ।

बुधबार साँझ जंगी अड्डामा जेनजी पक्षभित्रै मतभेद भएपछि हिजो गर्न भनिएको वार्ता स्थगित भएको थियो। वार्तामा नेतृत्व गर्ने विषयमा स्पष्टता नआएपछि औपचारिक छलफल अघि बढ्न नसकेको हो।

नेपाली सेनाले जेनजी समूहलाई आन्तरिक सहमति कायम गरी वार्तामा आउन आग्रह गरेको थियो। यसक्रममा जेनजी पक्षले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गर्ने अभिव्यक्ति दिएका छन्।

यसैबीच, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आइपुगेका छन्। उनले सैनिक मुख्यालय जंगी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भावी सरकार गठनबारे छलफल गरेका थिए।

Share

Leave a Comment