सामाजिक अभियान्ता आशिका तामाङको जेन्जी आन्दोलनमा परेका घाईतेहरुलाई आर्थिक सहयोग गर्दै आउँछ, उहाँले उठाएको पैसाको सहयोग नगर्ने व्यक्तिहरुले हिनामिनाको आलोचना गरेपछि आफूले संकलन गरेको सहयोगबारे आएका प्रश्नहरूको स्पष्टीकरण सार्वजनिक गरेकी छन्। उनले भनिन् कि जसले सहयोग नगरेका छन्, त्यहीँ मानिसहरूले हिसाबकिताब माग्दा आफू अचम्मित भएको बताइन्।
आशिकाले भनिन्:
“पैसा पैसा पैसा — कहाँबाट ल्याइयो, कसरी दिइयो? जस्ले एक रुपैयाँ सहयोग पनि गरेका छैनन्, तिनीहरूले हिसाब माग्दा म छक्क परेँ। जस्ले सहयोग गरेका छन्, उनीहरूलाई मैले WhatsApp मार्फत ‘एक–एक रुपैयाँ’ को विवरण पठाइसकेकी छु। मलाई पैसा चाहिँदैन — म भात खान्छु, पैसा मेरो लागि होइन। घाइते भाइबहिनी र मृतक परिवारलाई आर्थिक सहयोग आवश्यक भएकाले म जहाँबाट सम्भव छ खोजेर सहयोग पुर्याइरहेकी छु। तर पनि मलाई औँला देखाएर आरोप किन लगाइरहनु भएको हो? मैले सहयोग रोकिएकी छैन — अरूलाई आरोप लगाउनु अघि कृपया एक पल्ट सोच्नुहोस्।”
समाजवादी आशिका तामाङले जोड दिँदै भनिन् कि सहयोग रोकिएको छैन र जसलाई आवश्यक छ उनीहरूसम्म सहयोग पुर्याइरहेकी छन्। साथै, अनावश्यक टिप्पणी वा एकतर्फी आरोप लगाउनुभन्दा अघि तथ्य बुझ्न र सोचविचार गर्न सबैलाई आग्रह गरेकी छन्।




