अमेरिका बस्दै आएका बिनोद अधिकारीले गाईका कला लम्सालमाथि ज्याजती गरेको खुल्न आएको छ । अधिकारीले बिरानो मुलुक अमेरिकामा आफ्नै चेलीमाथि ज्यादती गरेको बताइएको हो ।
केही समय अगाडि अमेरिका भएको एक सांगेतिक कार्यक्रम अब गाउँछ अमेरिका मा कला लम्साल गाउन पुगेकी थिईन । कार्यक्रमका आयोजक बिनोद अधिकारीले गाईका लम्साल माथि दादागिरी देखाउने गरेका थिए । तिमीहरु अमेरिका आईपुग्नु नै ठूलो कुरो हो भन्दै लम्साल माथि ज्यादती गर्दै आएको कुरा स्वयं गाईका लम्सालले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् । आफु विरामी पर्दा समेत नेपाल फर्कन नसकेको उक्त पेजमा बताईकी छिन् । सुरुमा कार्यक्रम अमेरिकाको विभिन्न ठाउँहरुमा हुदै आएको थियो । त्यसै दौरानमा कलाकार लम्साल विरामी परिन । विरामी पर्दा समेत आफु नेपाल फर्कन खोज्दा अधिकारीबाट कुनै सहयोग नगरेको बतार्ईको छ । सहायोग गर्नुको सातो उल्टै धम्काउने गरेको थियो । आफु बिरामी परी ह्वीचेरमा बस्दा समेत कसैको सहयोग नपाएको पेजमार्फत बताएका छन् । आफु समस्यामा परी घर फर्कन ३/४ लाग्ने कुरा नेपाल स्थित घरमा पनि खबर गरेकी थिइन् । अमेरिकामा कार्यक्रम गर्दा आफु १२/१३ हजार डलर लिने, कलाकारलाई ४ हजार डलर मात्र दिने गरेको खुल्ना आएको छ ।

अधिकारीले आफुमाथि गरेको ज्याजती बारे बोल्न सकेकी थिइनन् । जब गाईका सिर्जना बिरहीले आफु बारे बोले पछि मात्र आफुले पनि हिम्मत गरी बोलेको कुरा पेजमार्फत बताएकी छिन् । नृत्य निर्देशक शिव बिक भन्छन्, अधिकारीले पैसाको रवाफ देखाई कलाकारमाथि ज्याजती गरेको हुन् ।




