हमासद्वारा सार्वजनिक फोटोमा बिपिन जोशी देखिएको दाबी

काठमाडौँ, असोज ४ | इजरायल–हमास युद्ध सुरु भएको करिब दुई वर्षपछि अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशी हमासले हालै सार्वजनिक गरेको “फेयरवेल फोटो”मा देखिएको दाबी गरिएको छ। हमासको सशस्त्र संगठन कास्साम ब्रिगेड्सले सार्वजनिक गरेको उक्त तस्वीरमा जीवित र मृत दुवै अवस्थाका बन्दीहरू देखाइएको बताइएको छ।

६७५ दिनदेखि छोराको अवस्थाबारे अनिश्चिततामा रहेका जोशी परिवार हालै जानकारी लिन इजरायल पुगेका छन्। त्यहाँ पुगेर आमा पद्मा जोशीले बिपिनको सुरक्षित मुक्तिको लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेकी छिन्।

यसअघि इजरायली राष्ट्रपति इसाक हर्जोगले पनि जोशी परिवारलाई भेटी सहयोगको आश्वासन दिएका थिए। नेपाल सरकारले भने कतार, इजिप्टलगायत मुलुकमार्फत बिपिनको उद्धारका लागि कूटनीतिक प्रयास जारी राखेको जनाएको छ।

तर बिपिन जोशी जीवित छन् वा छैनन् भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

Share

Leave a Comment