सिन्धुपाल्चोकका ३६ वर्षीय नवराज न्यौपाने सात वर्ष मलेसिया र दुई वर्ष कुवेतमा वैदेशिक रोजगारीमा बिताए। कुवेतमै काम गर्ने क्रममा उनी अचानक बिरामी परे र अस्पतालमा भर्ना भएपछि गम्भीर रोग लागेको पुष्टि भयो। जीवन धेरै लामो छैन भन्ने कुरा थाहा पाए पनि उनले हार मान्नुभएन। बाँकी समय आफ्नै देशमा बिताउने निर्णय गर्दै नेपाल फर्किए।
फर्किएपछि नवराजले आफ्ना भावनाहरूलाई शब्दमा ढाल्दै पुस्तक लेख्न सुरु गरे। उपचार खर्च जुटाउन उनले लगातार लेखनलाई आफ्नो बाटो बनाए र अहिलेसम्म ‘सपनाका लहरहरू’ नामक पुस्तकका चार भाग प्रकाशित गरिसकेका छन्।




