आज देशका धेरै स्थानमा अत्यधिक बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। केही ठाउँमा भने अत्यधिक वर्षा हुने चेतावनी दिइएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा आज दिउँसो चट्याङ र गर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई ठाउँमा पनि भारी वर्षा हुनसक्ने बताइएको छ। त्यस्तै, मधेश, बागमती र गण्डकीका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

weather nepal today

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश पहाडी तथा तराई क्षेत्रहरूमा र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने र मधेश तथा लुम्बिनीका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार हाल देशमा बंगालको खाडीबाट आर्द्र हावा प्रवेश गरिरहेकाले मौसममा निरन्तर पानी पर्ने अवस्था देखिएको हो।

Share

Leave a Comment